काठमाडौं, १ माघ । सरकारले प्राङ्गारिक कृषि उत्पादनका लागि आधारपत्र तयार गर्ने लक्ष्यका साथ उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले १५ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल आफँै अध्यक्ष रहनुभएको छ । कार्यदलले आगामी चार महीनाभित्र प्रतिवेदन तयार पार्नेछ ।
प्राङ्गारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवद्र्धन गर्ने तथा प्राङ्गारिक उपजको प्रमाणीकरण गरी स्वदेशी तथा विदेशी बजारमा पु¥याउने लक्ष्य राखिएको कार्यदलका सदस्यसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिनुभयो । कार्यदलले मन्त्रालयअन्तर्गत संस्थागत, नीतिगत र कानूनी ढाँचा निर्माण गर्ने तथा सोही ढाँचाका आधारमा प्रादेशिक तथा स्थानीय सरकारलाई समेत मार्गनिर्देश हुनेछ ।
कार्यदलमा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, राष्ट्रिय सभा सदस्य डा विमला राई, मन्त्रालयका सचिव युवकध्वज जिसी, राष्ट्रिय किसान आयोगका सदस्य रवीन्द्र केसी र खैरहनी नगरपालिका चितवनका प्रमुख लालमणि चौधरी सदस्य रहनुभएको छ ।
त्यस्तै कार्यदलको सदस्यमा आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रमखु डा हरिबहादुर केसी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का डा टीकाबहादुर कार्की, कृषि विज्ञ डा कृष्णप्रसाद पौडेल, प्राङ्गारिक अभियान्ताद्वय डा प्रेम थापा, उद्धव अधिकारी र कृषि व्यवसायी राजेन्द्र देवकोटा हुनुहुन्छ ।
