परि बुढाथोकि
सौल/ दक्षिण कोरिया ।
वुमन फोर वुमन, दक्षिण कोरियाले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा कोरियाको राजधानी सउलमा एक भव्य कार्यक्रमको आयोजना गरि मनाउने भएको छ।
यस सस्थाकी सचिव सुष्मा थापाले दिएको जानकारी अनुसार यहि आउदो अगस्त २८, २०२२ मा दोङ्ग्देमुनको सेकुवा कर्नरको सभा हलमा गरिने कार्यक्रम दिउसों १२ बजे देखि साझा ७ बजे सम्म रहने छ साथै विभिन्न सास्कृति कार्यक्रम, नाचगान र दर खाने व्यवस्था पनि गरिएको छ।
कोरियामा रहनु भएका सम्पुर्ण दिदि बहिनि लगायत श्रमजीबी, व्यापारी, छेत्रीय , जातीय संघ सस्थाका साथीहरु, प्रत्रकार, विद्यार्थी , बुद्धिजिबी र सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थिति जनाई कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सस्थाकी अध्यक्ष पार्वती मोक्तानद्वारा हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रम निम्न अनुसार रहेको छः
हरितालिका तीज – २०२२
मिति : २८ अगस्त, २०२२
समय: दिउसो १२ बजे देखि साझा ७ बजे सम्म
स्थान: सेकुवा कर्नरको सभा हलमा, दोङ्ग्देमुन
थप जानकारीको लागि :
पार्वती मोक्तान :010-8535-8860
रुपा गुरुङ : 010-2293-2730
सुष्मा थापा : 010-6567-0766
देवी घले : 010-7658-1210