लघुकथा समाज नेपाल १ नम्बर प्रदेशले लघुकथा दिवसका अवसरमा तीन लघु कथाकारलाई पुरस्कृत गर्ने भएको छ । लघुकथा क्षेत्रमा योगदान पु¥याएको जनाउँदै क्रियाशील लघु कथाकार मनोहर पोखरेल ९सप्तरी०, इन्दु तोदी९सुनसरी० र विष्णु भण्डारी आचार्य ९मोरङ०लाई पुरस्कृत गर्ने समाजले जनाएको छ ।
विराटनगरस्थित नेपाल पत्रकार महासङ्घ मोरङको सभाकक्षमा शुक्रबार आयोजना हुने कार्यक्रममा ती कथाकारलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने समाजका अध्यक्ष ममता मृदुलले बताउनुभयो । समारोहमा नाट्यकर्मी अशेष मल्ल, लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ विवश पोखरेल र अग्रज साहित्यकार दधिराज सुवेदीको सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो । सोही कार्यक्रममा लघुकथा प्रतियोगितामा विजयी १० विभिन्न विद्यालयका विद्यार्थीलाई समेत पुरस्कृत गरिनेछ ।