विशाल श्रेष्ठ
दक्षिण कोरिया ।
युवाहरुको एकता , नयाँ सोचको अबधारणा समृद्धि को चाहना ‘ मुल नारा लिएर सन् २०१७ मा दक्षिण कोरियामा रहेका युवा हरु मिलेर बनाएको समुह न्यु भिजन ग्रुप दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा सेप्टेम्बर ९ तारिख शुक्रबार छुसक धमाका गर्ने भएको छ।
नेपालको दुर्गम क्षेत्रमा अध्ययनरत गरिब, असहाय तथा जेहेन्दार विद्यार्थी शैक्षिक सामग्री सहयोगार्थ कोरियाको कलाकार हरु गायिका जुना गुरुङ,मोडल प्रमिला कार्कि र डिजे सुशान्तको साथमा 김해시 부원동 (부원공위낮은은편) 콩코드 니아투 클럽 मा आयोजना हुन लागेको छुसक धमाकामा बेस्ट डान्सर दुइ जनाले ५०००० वन प्राप्त गर्ने छन् । छुसकको पहिलो दिनमा हुने छुसक धमाकामा प्रवेश गर्न प्रवेश शुल्क १५००० वन निर्धारण गरिएकोमा एउटा क्यान बियर फ्रि हुने र पार्टी राति ९ बजे देखि बिहान ५ बजेसम्म चल्ने आयोजकले जनाएको छ।
कार्यक्रम रमाइलो बाताबरण मा सम्पन्न गर्न र मनोरञ्जन मार्फत सामाजिक कार्य मा सहभागी भैदिनुहुन आबस्यक साथ सहयोग गरिदिनुहुन कोरिया बासि सम्पुर्णमा आयोजक न्यु भिजन ग्रुपले अनुरोध गरेको छ।