राप्ती समाज दक्षिण कोरियाले छुसक विशेष सामुहिक भ्रमण तथा सांस्कृतिक कार्यक्रम २०२२ गर्ने

कोरियाअपडेट

विशाल श्रेष्ठ

दक्षिण कोरिया

राप्ती समाज दक्षिण कोरियाले कोरियाको महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर ९/१० तारिखका दिन छुसक सामुहिक भ्रमण तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

“हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि हामि राप्ती समाजको एकता ” मुल नारा लिएर सन् २००६ मा कोरियामा रहेका राप्ती बासिहरु मिलेर स्थापना गरेको राप्ती समाज दक्षिण कोरियाले कोरियाको प्रसिद्ध ठाउ 단양시 고수동굴 मा लाने भएकोले सेप्टेम्बर ९ मा सुवन स्टेशनबाट दिउसो १:०० बजे बस प्रस्थान हुने जानकारी दिएको छ।
आयोजकका अनुसार कार्यक्रमका मुख्य आकर्षणहरू
○ 고수동굴 (गुफा अवलोकन ),
○ Paragliding,
○ Rafting,
○ नृत्य, गायन, मुक्तक, गजल, चुट्किला,
लगायतका सांस्कृतिक प्रस्तुति ,
○ सामुहिक भोज,
○ राप्तीको साधारण सभा आदि रहने र
सिट बुक गर्ने अन्तिम मिति :
2022 September 02 Friday साँझ ९:०० बजे सम्म मात्र रहने जनाएको छ।

सिट बुकिङ गर्नको लागि तल दिएको खाता नम्बरमा तपसीलको रकम जम्मा गरी स्लिप , नाम र फोन नम्बर अनिवार्य उपलब्ध गर्नु पर्ने छ ।
बुकिङको लागि जम्मा गर्नु पर्ने रकम
पुरूष – ८०,००० वन
महिला – ७०,००० वन
अन्य क्रियाकलाप गर्दा थप ३०,००० वन जति लाग्ने छ ।

Ac number: 1002859418543
Bank name: woori bank
Ac holder name : K C AMRIT
Contact : 010-5960-8190
नोट : तोकिएको समयमा उपस्थित नभएमा बुकिङ रकम फिर्ता हुनेछैन ।

कोरियामा बसोबास गर्ने सम्पुर्णमा उपस्थितीका लागि आयोजक राप्ती समाज दक्षिण कोरियाले अनुरोध गरेको छ।

Facebook Comments Box