किशन गौतम
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाको एक कम्पनीको होस्टेलमा विवाद हुँदा एक नेपालीले आफ्नै नेपाली सहकर्मी लाई छुरा प्रहार गरी हत्या गरेका छन l कोरियन समाचार एजेन्सी केबिएसका अनुसार गए राति ११ बजेर ४० मिनेट जादा छुङछनवोक्दो मा रहेको एक कम्पनीको होस्टेलमा विवाद पछी झगडा गर्दा अर्का २७ बर्षिय नेपाली सहकर्मीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
२९ बर्षिय ति यूवालाई आफ्नै सहकर्मी साथीलाई धारीलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी हत्या को कसुरमा मुद्दा दर्ता गरेको छ।
शख्त घाईते अवस्थामा फेला परेका ति हत्या आरोपी युवाको परिचय प्रहरीले गोप्य राखेको छ lउनलाई अहिले अस्पतालमा उपचारको लागी भर्ना गरिएको छ lउपचार पश्चात घटनाको थप वास्तविकता अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने प्रहरीले बताएको छ। मृत्यु हुने नुवाकोट घर भएका यूवा हुन भने हत्या गर्नेमा पाँचथर का युवा भएको बुझिएको छ।
घटना वारे अनौपचारिक जानकारी आए पनि प्रहरीले अहिले सम्म औपचारिक जानकारी नपठाएको कोरिया स्थित नेपाली दुतावासले बताएको छ l प्रहरीले बिस्तृत अनुसन्धान गरि जानकारी पठाएपछी मात्र घटनाको बिस्तृत कारण थाहा हुन सक्ने श्रम कन्सुलर रमा भट्टराईले बताईन्।