सन्तोष खड्का
सौल/ काठमाण्डौं ।
GKS ले २०२२ अक्टोबर ९ तारिक का दिन कोरियाको राजधानि सउल पछि नेपालि समुदाय भेला हुने शहर गिम्हेमा फुटसल प्रतियोगिता गर्न लागेको छ।
सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” को नाफाबाट नेपालमा सहयोग रकम पठाउन सकिए सडक बालिकाको उद्दारमा खटिएको मामाघर नेपाललाई र मामाघर नेपालमा बसिरहेका बालबालिकाहरुलाई सहायता पुग्ने आयोजकको बुझाई छ।
कोरियामा नेपालि समुदाय र फुटबल खेलाडिहरु माझ फुटसल दिनानुदिन लोकप्रिय बन्दै आईरहेको सिनारियो बिच GKS द्वारा फुटसलमा अहिले सम्मकै धेरै धनराषि सहितको फुटसल प्रतियोगिता आयोजनाले द. कोरियामा रहेका फुटबल क्लवहरु बिच
अझै उत्साह जाग्नेमा आफु विश्वस्त रहेको GKS का संस्थापक प्रशान्त राज बानियाले बताए।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३५ लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, द्वितीय २० लाख वन सहित ट्रफि+मेडल+प्रमाणपत्र, सान्तवना दुई टिमलाई ७ वन+प्रमाणपत्र लगायत अन्य बिधामा पनि पुरस्कार रहने छ।
सेप्टेम्बर ३ तारीख बाट टिम दर्ता गर्न सकिने उक्त प्रतियोगितामा द. कोरिया भर रहनुभएका सबै फुटबल क्लब,सबै जातिय-क्षेत्रीय समुदाय,व्यापारि,विधार्थि लगायत सबै नेपालिहरुमा टिम दर्ता लगायत न्यानो सहभागिताको लागि हार्दिक निमन्त्रण र कार्यक्रम सफल बनाउन तपाई द. कोरियामा रहनुहुने सबैमा आयोजकले आग्रह बाट गरेको छ।
उक्त फुटसल प्रतियोगिता यसअघि तामाङ संघ ख्यङ्साङ र तमुधिं ख्यङ्साङले आयोजना गरेकै फुटसल मैदान मै हुने कुरा पनि आयोजक बाट प्राप्त भएको छ।प्रतियोगिताको थप जानकारि पोष्टरमा र सम्पर्कका लागि राखिएका व्यक्तित्वहरु मा सम्पर्क गर्न सकिनेछ।