सुर्खेत समाज दक्षिण कोरियाको पुष्करको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

कोरियाअपडेट

सन्तोष खड्का

सौल/ दक्षिण कोरिया ।

दक्षिण कोरियामा रोजगारीका लागि रहेका सुर्खेत स्थायी घर भएका युवाहरुको संस्था सुर्खेत समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सुर्खेत समाज दक्षिण कोरिया मार्फत रोजगारीका लागि दक्षिण कोरियामा रहेका सुर्खेती युवाहरुले आफ्नो अधिकार, आफ्ना समस्या समाधान गर्ने र आफ्नो जन्मभूमिमा हुने आपत विपद, घटना दुर्घटनामा समाजबाट सहयोगको आव्हान गरी सहयोग संकलन गरी  पठाउने गरेका छन् ।

कोरियामै पहिलो पटक समाजबाट रोजगारीका लागि कोरियामा रहेका सुर्खेतीहरुका लागि डिजिटल एप्लिकेशनको उद्घाटन गरिएको छ । उक्त एप्लिकेशनबाट ब्यक्तिगत विवरण, हालसम्मका कार्यसमिति पदाधिकारीहरुको विवरण, सदस्यता आव्हान र सदस्यहरुको विवरण हेर्न सकिने छ । कोरियामा रहेर कुनै नेपालीलाइ समस्या परेमा तत्काल सबैलाइ जानकारी गराएर सहयोगको अपिल गर्न सकिने गरी नयाँ कामको थालनी गरिएको नवनिर्वाचित अध्यक्ष बुढाथोकीले जानकारी दिए ।