कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
नवलपुर समाज र नेपाल तराई समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा यहि छुसक १० र ११ तारिख शनिबार र आइतबार गरिएको २ दिने पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
पिकनिक कार्यक्रममा ब्यापक रुपमा कोरियामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो। सहभागीहरुलाई खुवाइने परिकार लगभग १२ थरिको समावेश गरिएको र कोरियामा भएको बनभोज कार्यक्रम मध्ये सबैभन्दा उत्कृष्ट आफ्नो कार्यक्रम बनेको नेपाल तराई समाज कोरियाका अध्यक्ष अवदेशरा चौरासियाले बताए।
त्यस्तै नवलपुर समाजका अध्यक्ष एंव सकृय सामाजिक अभियान्ता हेम पाठकका अनुसार पिकनिक कार्यक्रम अविस्मरणीय र ऐतिहासिक भएको र यस पिकनिक कार्यक्रमले क्षेत्रिय बिभाजनलाई रोक्दै “ हिमाल पहाड तराई कोही छैन पराई” वास्तविक रुपमै सबैले महसूस गरेको बताए। नवलपुर समाज र तराई समाज दुवैले पिकनिक कार्यक्रममा सहभागी हुने एंव साथ सहयोग पुर्याउने सम्पूर्णलाई संयुक्त रुपमा आभार व्यक्त गरेका छन् । कार्यक्रमको संयोजक हरि कंडेल र लक्ष्मन पौडेलले गरेका थिए।
साथै नेपाल तराई समाज कोरियाले केही नयां पदाधिकारी पनि थप गरेको छ। थप हुनेमा गजेन्द्र राय यादव उपाध्यक्ष,राम राय यादव युवा संयोजन, दिनेश कुमार साह सदस्य र लक्ष्मन राय यादव सदस्यमा मनोनित भएका छन्।