कोरियाको थेगु स्थित छाता सङ्गठन थेगु नेपाली मञ्चको अधिवेशन September 18 मा

कोरियाअपडेट

कामदार दैनिक

सौल/ दक्षिण कोरिया ।

कोरियाको थेगु स्थित छाता सङ्गठन थेगु नेपाली मञ्चको अधिवेशन September 18 मा हुने भएको छ। एकता र अनुशासन भन्ने मुल नाराका साथ थेगु आसपासमा रहेका बिभिन्न संघ संस्थाहरुलाई गोलवन्द ढङ्गले हातेमालो गराउँदै अगाडि बढाउने मूख्य अभिप्रायका साथ स्थापना भएको थेगु नेपाली मन्चको विगत लामो समय देखि कोभिड -१९ कोरोना भाइरस एबम् बीभित कारणबस अधिबेसन गराउन ढिलाई भएको  अवस्था थियो। यद्दवि बीचमा अधिवेशन कार्यदल खडा गरेर केही गृहकार्य भए अनुरुप यही September 18 तारिक आईतबारको दिन थेगु सहर स्थित बालाजी रेस्टुरेन्टमा मञ्चको अधिवेशन मिति तय गरीएको छ।

निर्धारित मितिमा सल्लाहकार समिति, कार्यसमिति त्यसैगरी यसै मञ्चमा आवद्ध सदस्य संस्थाहरूका प्रतिनिधिहरु एबम् थेगु आसपासमा रहनुभएका व्यवसायी,समाजसेवी मानुभावहरुमा अनिवार्य उपस्थितीको लागि यसै मञ्चका उपाध्यक्ष एवम् कार्यदलका संयोजक रमेश रानाले हार्दीक आव्हान गरेका छन्।
मिती:- 2022/09/18आईतबार
स्थान:- बालाजी रेष्टुरेन्ट थेगु ।
समय:- ठिक 11बजे बिहान।
थेगु नेपाली मञ्च, द. कोरिया।

Facebook Comments Box