2022 Online World Martial Arts Mastershipमा तङ्ग ईल मो दोका नेपाली खेलाडीले पनि भाग लिने

खेलकुद समाचार

प्रकाश श्रेष्ठ
झापा

विश्व भरि खेलिने मार्सल आर्ट्स खेलहरुलाई एकताबद्ध गर्दै मानव र प्रकृति बीच सक्रिय सम्बन्ध को स्थापना गर्ने परिकल्पनाका साथै गुणस्तरीय जिबनका लागि स्वास्थ अपरिहार्य भन्ने नाराका साथ हुनगईरहेको 2022 Online World Martial Arts Mastership अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बाट तङ्ग ईल मो दो संघका खेलाडी हरुले सहभागिता जनाउने भएकाछन।

world Martial arts mastership committee दक्षिण कोरियाको आयोजनामा हुने उक्त प्रतियोगितामा विश्वभरीका १०० देश बाट तङ्ग ईल मो दो,जुडो ,कराते,टेक्वान्दो,उसु, कुरास मार्सल आर्ट्स,जित्कोन्दो लगायत १५ वटा खेल बाट ४५०० खेलाडी र ५०० कोच ,जर्ज र रेफ्रीको सहभागी हुने अनुमान गरिएकोछ।

Ministry of culture ,sports tourism दक्षिण कोरिया र korea sports promotion foundation को प्रायोजन रहेको प्रतियोगितामा GAISF, under the patronage of UNESCO को साजेदारी हरेको छ। अन्लाईन अन्तर्राष्ट्रिय प्रतियोगितामा तङ्ग ईल मो दो संघ नेपालका अन्तर्राष्ट्रिय खेलाडी बिस्वजित गुरुङ , सुजन श्रेष्ठ ,पर्वत तोलाङ्गी ,मानव पनेरु ,अर्पण घिमिरे ,अनिल सिवाकोटी र बिनायक घिमिरे ले सहभागी जनाउनेछ्न। प्रतियोगिताको प्रक्रिया अनलाइन भिडियो दर्ता – अन्लाईन स्कोरिङ्ग र अन्लाईन ब्रोकास्टिङ्ग बाट हुनेछ। सेप्टेम्बर १८ भित्र भिडियो दर्ता भैसक्नु पर्नेछ र अन्तर्राष्ट्रिय जर्ज र रेफ्री हरुबाट स्कोरिङ्ग भएर फाईनल अक्टोबर २२ देखि २६ मा समापन हुनेछ।

World Martial Arts committee south korea ले सन २०१३ बाट हरेक बर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता भौतिकरुपमा नै गर्दै आएको र कोरोनाको माहामारी सुरुभएपछी खेलाडी हरुमा उत्साह र उमंग प्रदान गर्न अन्लाईन प्रतियोगिता सुरु गरेको थियोे भने सन २०२३ मा भौतिक रुपमा नै प्रतियोगिता हुने आयोजकको भनाई छ। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको विभिन्न संस्करण सन २०१६ र २०१९ मा तोङ्ग ईल मो दोका खेलाडी हरुले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय पदक जितेर देशको संमान र गौरव उच्च राख्न सफल भएका थिए।

प्रकाश श्रेष्ठ ,झापा ,9842786863.

Facebook Comments Box