सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
नेपाली राजदुतवास सौलले अक्टोबर ५ तारिक टिकाको दिन टिका जमरा कार्यक्रम गर्ने भएको छ। नेपाली राजदुतावास सौलले आफ्नो फेसबुक पेज मार्फत नेपाली राजदुतावास सौलकी महामहिम् राजदुत् प्रा.डा. ज्योति प्याकूरेलको हस्ताक्षर सहितको शुभकामना एंव दुतवास बन्द हुने जानकारी सहितको सुचना मार्फत यो जानकारी दिएको हो।
सुचना अनुसार टिका र जमरा कार्यक्रम १९ असोज , २०७९, बुधबारका अर्थात् बिजया दशमीको शुभ दिनमा (दिॅउसो १२ः००–३ः००बजेसम्म) राजदुतावासमा टिका जमरा लगाउने ब्यस्था गरिएकोले ईच्छुक सबैमा जानकारी गराएको छ।
Facebook Comments Box