विशाल श्रेष्ठ/
सौल/दक्षिण कोरिया
नेपाल तराइ समाज दक्षिण कोरियाले कोरिया स्थित सुवन सहरको 경기도 인재개 발언 신광 मा यहि आउदो अक्टोबर ९ तारिख आइतबारका दिन दशैं टिका जमरा साथमा प्रेमगीत ३ प्रदर्शन कार्यक्रम गर्ने भएको छ।
आगामी दिनहरुमा सम्पुर्ण दिन दुखिहरुको आपतविपत को घडिमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ “आपतकालिन राहत कोष” निर्माण गर्न , प्रदेशमा मनोरञ्जनात्मक तवरले नेपाल र नेपालीपनको झल्को मेटाउनका साथै नेपाली हरुको महान् पर्व विजयादशमीको शुभकामना आदानप्रदान टिका जमरा ग्रहण गर्ने उद्देश्यका साथ अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको नेपाली फिल्म दुनियालाई लिड गर्दै गरेको सिरिज सुपरहिट नेपाली भर्सन फिल्म ” प्रेम गीत ३” कोरियाको सुवन सिटीमा प्रदर्शन गर्न लागेको हो ।
टिकट बुकिङको लागि IBK
63108019601011
KUSHWAHA AJAY KANT
मा ट्रान्सफर गरेर बुकिङ गर्न सक्नु हुनेछ।
“प्रवासमा सामाजिक सेवा, परोपकार र लगानि क्षेत्रमा हाम्रो अभियान, बिबिधतामा एकता हाम्रो पहिचान” भन्ने मुल नारा लिएर कोरियामा रहेका तराइ बासिहरु मिलेर स्थापना गरेको सस्थाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ। विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, तथा सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि आयोजक नेपाल तराइ समाजले अनुरोध गरेको छ।
विस्तृत जानकारीको लागि:
लक्ष्मण पौडेल 01074029514
अवधेश राज चौरसिया: 01021431496
हेम पाठक 01049798542
सन्तोष खड्का 01026550144
युबिन श्रेष्ठ 01021087582
सुशील खाण्ड: अनसान :01059506822
अजय कुशवाहा: 01075049509
रामपुकार ठाकुर 0107504950