नेपालीहरुको महान चाड बडादशैँ २०७९ सालको उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA), दोङदेमुन ब्यवसायी संघ, साथै वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त बडा दशैँ टिका-जमरा ग्रहण तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको छ। अक्टोबर ५ तारीख बुधबारको दिन साँझ ७ बजे एनआरएनए सभाहल जोंगाकमा कार्यक्रम हुनेछ। शुभकामना आदानप्रदान कार्यक्रममा मान्यजनबाट टिका जमरा ग्रहण को साथसाथै नेपाली खानाको व्यवस्था र विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप हुन् आयोजकले जनाएको छ
एनआरएन कोरिया तथा आयोजक संस्थाले उक्त दिन उपस्थित हुन कोरियामा क्रियाशिल संघ संस्थाका प्रतिनिधि विभिन्न पेशामा आवद्ध कोरियाबासी नेपालीहरूलाई उपस्थिती लागि आग्रह गरेको छ।
(साभारः नयां दैनिकि)
Facebook Comments Box