कामदार दैनिक संवाददाता
काठमाण्डौं ।
गैर आवासीय नेपाली सङ्घको बहुपदिय प्रणाली मार्फत रबिना थापा पहिलो पटक कार्यकारी अध्यक्ष महिला भएकी छन्। २००३ मास्थापना भएको सङ्घको अबको ६ महिना रबिना थापाले कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्ने छिन्।
पदधारण सम्हाले पश्चात् विज्ञप्ति जारी गर्दै कार्यकारी अध्यक्ष रविना थापाले एनआरएनमा रहेका विभिन्न तिक्तता हटाउँदै संस्थाभित्रआत्मियता कायम गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै महिला र युवा सहभागिता बढाउनु पर्ने आजको तड्कारो आवश्यकतारहेको र पहिलो पटक गैर आवासीय नेपाली सङ्घले कार्यकारी अध्यक्ष महिलाले पाएकोले आफुले यस अवशरको भरपुर सदुपयोग गर्दैसङ्घलाई एकताबद्ध बनाउनुनै आफ्नो प्रमुख लक्ष्य रहने भर्चुअल पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन्।कार्यकारी अध्यक्षथापाले आगामी ६ महिनामा आफ्नो कामको प्राथामिकताहरु बुँद्धागत रुपमा प्रस्तुत गरेकी छन् साथै पहिलो ६ महिना संघको कार्यकारीभूमिकामा नेतृत्व समालेका अध्यक्ष कुल आचार्यलाई थापाले विज्ञप्तीमार्फत धन्यवाद समेत दिएकी छन्।
अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिकरोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाईमूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा आफ्नो ध्यानकेन्द्रित रहने बताएकी छन्।
यस्तै विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाईनियमित र प्रभावकारी बनाउन पहल गर्नेमा प्रतिबद्धता जनाएकी छन्।
“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीयनेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने पनि विज्ञप्तिमा उल्लेख छ । प्रस्तुत छ घोषणा पत्रः
नेपालीको लागि नेपाली´ भन्ने मूल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान् अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ।
अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक सङ्घको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतलेचयन गरेको थियो। सहमतीय प्रणाली अनुरूप पहिलो ६ महिना सङ्घको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुलआचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु।
आगामी दिनमा सङ्घको कार्यकारी अध्यक्षको रूपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरू यहाँहरू समक्ष लिएर उपस्थित भएकी छु।
•गैर आवासीय नेपाली सङ्घले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रवर्धन, वैदेशिक रोजगारीमारहेकाहरूको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा लगायतका कामलाई मूर्तरूप दिनसरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ।
•विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन सङ्घले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाईनियमित र प्रभावकारी बनाउन पहल गर्ने छु। यसअघि जस्तै गैर आवासीय नेपाली सङ्घ समान हक, हित र अधिकारका लागि सङ्घर्षरतभूतपूर्व ब्रिटिस गोर्खाहरूको मागको पक्षमा उभिनेछ।
•गत निर्वाचनमा देखिएको असमझदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मीय एकता कायम गर्नेमेरो पहिलो प्राथमिकता रहने छ। संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ।
•सङ्घको अभियानबाट बाहिर रहेका सदस्यहरूलाई समेत मूलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ। गैर आवासीय नेपालीसङ्घको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ।
•`एक प्रदेश, एक मोबाइल ब्लड बस´परियोजनाबाट कम्तीमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसिसी एनसीसी तथासरोकारवालाहरूसँग समन्वय आर्थिक सहयोग सङ्कलन गर्ने र खरिद गरी हस्तान्तरण गरिने छ।
•रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरी लागु गरिने
छ।
•सङ्घले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरूसँग सहकार्य गरी समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरीकार्यान्वयन गरिनेछ।
•`एक पल्टको नेपाली, सधैँको नेपाली´ लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरू समक्ष आग्रह गरी गैर आवासीयनेपाली नागरिकता प्रमाणीकरण गराउन पहल गरिने छ।
•डेलिगेट्स प्रणालीलाई सहजीकरण गरिनेछ।
•नेपालमा बेरोजगारी कम गर्ने उद्देश्यले’पढ्दै कमाउँदै´जस्ता आयमूलक र सीपमूलक कामको लागि संस्थाभित्र आउने परियोजनालाईअघि बढाइने छ।
साथै विधान मा उल्लेखित सबै तह का पदपूर्ति हरू गरिने छ र संस्था लाई बृहत् बनाउन कोसिस गर्ने छु।
यही अक्टोबर ११ देखि १३ तारिखसम्म हुने सङ्घको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्ताबेजको रूपमाअनुमोदन गरेर सङ्घको आगामी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनलाई सुनिश्चित गर्नको लागि सबै राष्ट्रिय समन्वय परिषद्, वर्तमान कार्यसमिति तथा सङ्घका सदस्यहरूसँग हार्दिक अपिल गर्दछु।
रबिना थापा
कार्यकारी अध्यक्ष,
गैर आवासीय नेपाली सङ्घ