कामदार दैनिक संवाददाता
काठमाण्डौं ।
गैर आवासीय नेपाली सङ्घकी कार्यकारी अध्यक्ष रबिना थापाले शुभ बिजया दशमीको अवसरमा शुभकामना ब्यक्त ब्यक्त गरेकी छन्।उनले नेपालीहरूको महान चाड बडा दशैं/विजयादशमी, २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीदिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गरेकी छन्।
विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको यस पर्वले सबैनेपालीलाई एकै सुत्रमा बाँधेर सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिबृद्धि गर्नेछ भन्ने बिश्वास आफुले लिएको बताउदैं हाम्रोमुलुकमा मात्रै होइन नेपालि पुगेका हरेक मुलुकमा पनि मनाउने यि चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक विविधताबीच पनि मातृभुमिसंगजोड्न थप उर्जा दिनुको साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको बताएकी छन्।
हामी नेपाली आ आफ्नो बाध्यताले भौगोलिक रुपले जो जहाँ भए पनि भावनात्मक रूपले मुलुकसंगै रहेको र हामी आफ्नो परम्परा रपर्वले सदै देससॅगै जोडिएका जनाउदै विजयादशमी पर्व, २०७९ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै मातृभुमि प्रति थपउत्तरदायि बनाउन सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेकी छन्।