जनसम्पर्क समिति कोरियाले अक्टोबर ९ मा गर्ने कार्यक्रमको तयारी पुरा

कोरियाअपडेट

सन्तोष खड्का 

सौल/ दक्षिण कोरिया

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन जनसम्पर्क समिति दक्षिण कोरियाले नेपालीहरूको महान चाड बडा दशैँ, शुभ दिपावली छठपर्वको अवसर पारेर महामहिम राजदुत ज्योति भण्डारी प्याकुरेलको प्रमुख आतिथ्यतामा गर्न लागेको शुभकामना आदान प्रदान, चियापान तथा महामहिम राजदुत ज्युको स्वागत कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकासभापति भजिन्द्र बहादुर क्षेत्रीले बताएका छन्।

नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली छठ पर्वको अवसरमा मिति २०२२/१०/ तारिक, आईतबार कोजाग्रत पूर्णिमाको दिनमहामहिम शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नमस्ते रेष्टुरेन्टको सभा हल, सउलमा

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुका निम्ति दिवा भोज को समेत व्यवस्था गरिएको हुदा समयमानै कार्यक्रममा उपस्थित भएरदिवा भोजमा सरीक भईदिनु हुन  आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको बिवरणः

मितिः २०२२/१०/०९ (आईतबार)

समयः दिनको १२ः०० बजे

स्थानः नमस्ते रेष्टुरेन्टको सभा हल, सउल

Facebook Comments Box