जनसम्पर्क समिति कोरियाको शुभकामना आदान प्रदान कार्यक्रम समपन्न

कोरियाअपडेट राजनीति

सन्तोष खड्का 

सौल/ दक्षिण कोरिया

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन जनसम्पर्क समिति दक्षिण कोरियाले नेपालीहरूको महान चाड बडा दशैँ, शुभ दिपावली छठपर्वको अवसर पारेर महामहिम राजदुत ज्योति भण्डारी प्याकुरेलको प्रमुख आतिथ्यतामा आज अक्टोबर   आईतबारका दिन नमस्तेरेष्टुरेन्टको सभा हल, सउलमा शुभकामना आदान प्रदान, चियापान तथा महामहिम राजदुतको स्वागत कार्यक्रम समपन्न गरेको छ।

नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली छठ पर्वको अवसरमा मिति २०२२/१०/ तारिक, आईतबार कोजाग्रत पूर्णिमाको दिनशुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा सन्चालन भएको थियो भने प्रमुख अतिथिको रुपमा कोरियाको लागि नेपाली राजदुत महामहिम राजदुतज्योति भण्डारी प्याकुरेलको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा पुर्व राजदुत तथा अर्थविद विश्वम्बर प्याकुरेल, NRNA KOREA का अध्यक्ष दिपक पुन, नेपालपत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतमको उपस्थिति रहेको थियो कार्यक्रममा बिविन्न संघ संस्थाका प्रमुख तथाप्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।कार्यक्रममा स्वागत मन्तब्य जनसम्पर्क समिति दक्षिण कोरियाका उप सभापति लक्ष्मण दाहालले राखेका थिए भने कार्यक्रमको सन्चालन प्रवक्ता प्रकाश देवकोटाले गरेका थिए।

 

Facebook Comments Box