प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज १०३ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत जोशीको निधनको खबरले दुःखित र स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले उहाँको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको बताउनुभएको छ ।
स्व जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत तीन पटकसम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनुभयो ।
