कामदार दैनिक
काठमाण्डौं।
किरात राई यायोक्खा बुसान शाखा को शनिवार साझ बसेको पुर्ण बैठकले सरक्षक र सल्लाहकार हरु चयन गर्दै आगमि कोरियन महान चाड सलनालको अवसरमा यलम्वर साङ्गितिक सौगत कार्यक्रम भाग-२ गर्ने निर्णय सर्वसहमितिले पारित गरेको छ। कोरियाको दक्षिणी भेगमा स्थापित पहिलो सस्थाको रुपमा रहेको किरात राइ यायोख्खा लामो समय देखि जातिय मात्र नभै बिबिभिन्न सामाजिक कार्यहरुमा योगदान र सहयोग गर्दै आइरहेको छ। शोहि क्रममा यलम्वर साङ्गितिक सौगत भाग-१ सफलता पुर्वक सम्पन्न गरि उक्त कार्यक्रम बाट उठेको रकम नेपालमा रहेको खोटाङ जिल्लामा रहेको श्री पैयाटार प्रा. बि. लाइ जम्मा २१ लाख वन वरावरको शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा यस सस्थका निवर्तमान अध्यक्ष श्री द्स्तिहाङ राइ ज्युले जनकारि गराउनु भएको थियो । र एसरिनै अव गरिने कार्यक्रम वाट उठेको केहि रकम पनि नेपालमा सामाजिक कार्य को लागि हस्तान्तरण गरिने यस सस्थाका अध्यक्ष हेमन्त खिम्वुले राइ ज्युले बताउनु भएको छ।
सलनालको अवसर पारेर कार्यक्रम तय गरिएको हुनाले यस क्षेत्रमा रहेका सम्पुर्ण संघ सस्थाहरु , व्यावसायि हरु लगाएत नेपालि दाजुभाइ तथा दिदिबहिनिहरुलाइ उक्त कार्यक्रम सफल बनाइदिनु हुनका लागि पनि यस सस्थाका अध्यक्ष श्री हेमन्त खिम्वुले राइ ज्युले आग्रह गर्नु भएको छ।
कार्यक्रमको मिति, समय, स्थान र नेपाल वाट आमन्त्रीत कलाकरहरुको बिषयमा बिस्तृत रुपमा छलफल गरि सवै कुरा केहि दिनमै सार्वजनिक गर्ने कुरा पनि सस्थाले जानकारी गराउनु भएको छ।