सित्राङ चक्रवातमा डुबेका आठ मजदुरको शव फेला

अन्तराष्ट्रिय

बङ्गलादेशको चट्टोग्राम जिल्लाको तटबाट करिब दुई सय ४२ किलोमिटर दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव उद्धारकर्मीहरूले फेला पारेका छन् । यो सँगै ६३ घण्टा लामो खोज तथा उद्धार अभियान सम्पन्न अधिकारीहरूले बताएका छन् ।

गत सोमबार आएको चक्रवातका बेला उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिएको तर एक जनामात्र चेतावनीलाई स्वीकार गरेर फर्केका थिए । माछामार्न गएका उनीहरूको डुङ्गा चक्रवातका कारण डुबेको थियो ।

आँधीहुरी र भारी वर्षाका साथ आएको चक्रवातमा परी हालसम्म ३५ जनाको ज्यान गएको, तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।