कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
चरचित तथा लोकप्रिय शास्त्रीय नृत्याङना हाल दक्षिण कोरियामा छिन। उनले लोक नृत्य, परम्परागत चर्या नृत्य तथा कत्थक नृत्यसमेत एउटा खुट्टामा नै आफुले प्रस्तुतिभावमा समाहित भएर प्रस्तुत समेत गर्ने गर्छिन। २९ अक्टोबरका दिन हिमालयन डाफे रेस्टुरेन्ट फेन्तेकमा भएको तिहार तथा छैठ धमाका कार्यक्रममा सीताले सेमी क्लासिकल बेशमा आधारित रहेर वसन्त चौधरीको शब्द रचना, न्ह्यु बज्राचार्यको सङ्गीत तथा श्रेया घोषालको आवाजमा रहेको “तिमी बाहेक मेरो भन्नू को छ र यहाँ ” गीतमा आफ्नो बेजोड नृत्य प्रस्तुत गरिन।

उक्त कार्यक्रममा कोरियामा नै सक्रिय कलाकारहरु मिलन थापा, मानकाजी शाक्य, मेघनाथ पौडेल, सिजन राई, सुनिल गुरुङ, रेशम अर्यालले गायन गरेका थिए भने साथमा रशिला मुक्तककार सुशील अर्यालको मुक्तकले कार्यक्रमलाई थप रमाइलो बनाएको समेत भएको थियो।

यस्तो चाडपर्व तिहारको मेसो पारेर कार्यक्रमको चाजोपाँजो हिमालयन डाफे रेस्टुरेन्ट परिवारका संचालक मनोज गौतमले गरेका थिए। दाजुभाई दिदीबहिनीको चाड भएकाले पनि सीतालाई साथ दिन कलाकारको उपस्थितिले माहोल मनोरञ्जनात्मक बनेको थियो। तीन घण्टा लामो कार्यक्रम सकिएको पत्तै नभएको खुशी सीताले ब्यक्त गरिन। सीता विभिन्न कार्यक्रमको प्रस्तुतिका लागि हाल दक्षिण कोरियामा छिन ।
