कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
नेपाली कथानक लोकप्रिय चलचित्र झिँगेदाउ दक्षिण कोरियाको दोश्रो ठूलो सहर बुसानमा पनि प्रदर्शनमा आउने भएको छ।
चलचित्र झिँगेदाउ नोभेम्बर १३ तारीखमा बुसानमा प्रदर्शनमा आउन लागेको हो। यसअघि ६ तारीखमा राजधानी सौलमा चलचित्र झिँगेदाउ भब्य रुपमा प्रदर्शन गरिएको थियो।
नेपालका दुर्गम क्षेत्रका बालबालिकाको शिक्षाको सहयोगार्थ नेपालको मौलिक बिसयमा आधारित चित्रित चलचित्र झिंगेदाउ हेर्न सौलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।
यसअघि सौलमा चलचित्र हेर्न आउने दर्शकहरुको उल्लेखनीय उपस्थिति प्रति नेपाल कोरिया फ्रेण्ड्सिप कम्युनिटी (एनकेएफसी) का अध्यक्ष अशोक मैनालीले आभार प्रकट गरेका छन्। ‘दक्षिण कोरियाको बर्तमान प्रतिकुल परिस्थितिमा पनि यहाँहरुको उत्साहजनक सहभागितालाई हामिप्रतिको माँया र सद्भावको रूपमा लिएका छौ,’ मैनालीले भने।
साथै दक्षिण कोरियामा पहिलोपटक सामाजिक तथा परोपकारी दिएका ब्यक्तिहरु मध्येबाट सोसियल अवर्ड प्रदान गर्ने अध्याय सुरु गरेको मैनालीले बताए। यसै अन्तर्गत नोभेम्बर ६ मा सोसियल हिरो-२०२२ अवर्ड कोरियामा लामो समय अनावरतको रुपमा प्रवासी श्रमिकहरुको हकहितका लागि लडेकोमा उदय राईलाई प्रदान गरिएको थियो।
यसरी सुरु गरेको पुरस्कृत गर्ने अध्यायले सामाजिक र परोपकारी कार्य गर्ने ब्यक्तिहरुमा हौसला प्रदान गर्ने अपेक्षा राहेको अध्यक्ष मैनालीले बताए।