परि बुढाथोकी
सौल/ दक्षिण कोरिया ।
डिसेम्वर ४ तारिक आइतबारको दिन दिउँसो ठिक १ बजे, आपतकालीन राहतकोष सहयोगार्थ छल्लाबुक्दो नेपालि समाज द. कोरियाको आयोजनामा नेपाली चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन हुने भएको छ। उक्त कार्यक्रममा HANPASS रेमिट्रयान्स र सनराईज बैंकको सेवा पनि लिन सकिने आयोजकले बताएको छ।
उक्त छेत्रमा नेपालीको बसोबास अलि पातलो भएतापनि iksan आसपासका छेत्र 전주,김제,정읍, 삼레, 논산, 군산 ,남원,지난 लगाएत द. कोरियाका विभिन्न ठाउँ बाट दर्शक आउने आकलन रहेको iksan show आयोजक प्रमुख तथा छल्लाबुक्दो नेपाली समाजका सल्लाहकार बायु पौडेल (अनमोल) ले जानकारी दिनुभयो।
साथै सम्पुर्ण कोरिया बासी नेपाली दाजु भाइ दिदी बहिनी लगाएत कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाइ पनि चलचित्र हेर्न आइदिनुहुनको लागि निमन्त्रणा गर्नुभएको छ।
Facebook Comments Box