काठमाडौँ–९ (१) मा एमालेका डङ्गोल विजयी

राजनीति

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा (१) सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।