मेघनाथ पौडेल
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले थेगुमा दुई दिने बिशेष शैक्षिक सम्मेलन गर्ने भएको छ । आगामी नोभेम्बर २६ र २७ तारिखमा गर्ने तय गरिएको उक्त शैक्षिक सम्मेलन सोनसिक र आईएलआईपीएस को संयुक्त आयोजनामा सम्पन्न गर्न लागिएको हो । बिगतका बर्षहरुमा पनि शैक्षिक सम्मेलनहरु गर्दै कोरियामा रहेर बिभीन्न संकाय र बिषयका बिद्दतहरु माझ अन्तर्कृया गराएको सोनसिकले यसपाली शैक्षिक सम्मेलनको नवौँ संस्करण सम्पन्न गर्न लागेको हो ।
‘अ जर्नी इन्टू दि एकेडिमिया: एक्सप्लोरिङ कन्टेम्पोररि रिसर्च ट्रेंडस अक्रोस डिस्सिप्लिन्स्’ अर्थात एकेडेमियाको यात्रा: बिबिध बिधामा अनुसंधानका समकालिन प्रबृत्तिहरुको अन्वेषण’ बिषयमा संचालन हुन गईरहेको उक्त शैक्षिक सम्मेलन कोरियाको थेगु स्थित खेम्यङ्ग युनिभर्सिटीमा सन्चालन हुन गईरहेको आयोजक समितिले जानकारी दिएको छ ।
आयोजना स्थल थेगु स्थित खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस इन्स्टीच्युटको 50 औँ बार्षिकोत्सब पारेर आयोजना गरिएको सो सम्मेलनको उद्घाटन कोरियाका लागि नेपाली राजदुत प्रा डा ज्योति प्याकुरेलले गर्ने बताईएको छ । उच्च पदस्थ ब्यक्ति, प्रोफेसर, डाक्टर लगायत बिभिन्न क्षेत्रका बिद्दत ब्यक्तिहरुको सहभगिता हुने उक्त सम्मेलनलाई अर्थशास्त्री बिश्वम्भर प्याकरेल, डा. अग्नी कोइराला र डा सृजना ज्ञवालीले बिशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरि कार्यक्रममा ईन्जिनियरीङ्, आइटी, प्राकृतिक बिज्ञान, मेडिकल, समाज शास्त्र लगायत अनुसन्धानका बिभिन्न संकायमा भैरहेका बिभिन्न अनुसन्धानहरु प्रस्तुत हुनुका साथै पोस्टर प्रस्तुतिको प्रतिष्पर्धा, सम्मान कार्यक्रम र साथमा सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितिले बताएको छ ।