शहीदको नाममा प्रवेशद्वार निर्माण

समाचार

नेपालगञ्ज, १७ माघ ।बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो ।

खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा उक्त प्रवेशद्वार निर्माण गरिएको हो । दोस्रो जनआन्दोलनका क्रममा खजुरा निवासी विकको विसं २०६३ वैशाख ५ गते नेपालगञ्जमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।