कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
कोरियाको ठुलो चाड सलनाल-२०२३ जनवरि २१ को अवसर पारेर नेपालको चर्चित कलाकार “लाहुरे र भ्योमा” को साथमा द.कोरियाको सुवन सहरमा भव्य कन्सर्ट/डान्स पार्टिको आयोजना हुने भएको छ।जनवरी महिनाको जाडो नै भाग्ने गरि NEPHOP JATRA-Dance Party Vol. 2 रहेको उक्त कार्यक्रम यसअघि पनि सांस्कृतिक कार्यक्रम गरिसकेको र स्थापित संस्थाहरु FITNESS NEPAL,GKS र NEPHOP JATRA को संयुक्त आयोजनामा हुन लागेको हो।विदेशमा रहि नेपालिपन र नेपालि सङ्गितको माध्यमबाट नेपालि दाजुभाईमा भाईचारा कायम गर्दै सङ्गितमा रमाउने लक्ष रहेको कार्यक्रम संयोजक तथा FITNESS NEPAL का संयोजक अन्जान थापा मगर ज्युले जानकारि दिनुभयो।कार्यक्रममा कोरियाका प्रसिद्ध डिजे द्वय RX+SHUSHANT को फाएर साईड प्रस्तुति हुनेछ। विशेषगरि कोरियामा बिदा कमै हुने त्यसमाथि कोभिड १९ का कारण लगभग सुनसान जस्तै भएको लाईभ सो फेरि लिएर आएको हुनाले बिदाको सदुपयोग गर्दै राजधानि सउल आसपास आफन्त भेटघाट सङ्गै कार्यक्रममा न्यानो सहभागिताको लागि आयोजकबाट द. कोरियामा रहनुभएका तमाम नेपालिलाई हार्दिक निमन्त्रण गरिएको छ। साथै उक्त कार्यक्रमको बाकिं विवरण छिट्टै नै पत्रकार सम्मेलन मार्फत गरिने पनि आयोजक तथा GKS का प्रबन्ध निर्देशक प्रशान्त राज बानियाँ ले बताए।