सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाले ईपीएस उत्तीर्ण गरेर आएका प्रवासी कामदारहरुलाई लगाइदै आएका विभिन्न नियमहरुलाई परिमार्जन गर्दै नयाँ नियम लागु गर्ने तयारी गरेको छ।
कोरियाले विभिन्न देशहरुबाट ईपीएस मार्फत आफ्नो देशमा कामदारहरु बोलाउने गर्छ। त्यहाँ कार्यरत कामदारुमाथि गरिने ब्यबहारिक विभेद न्यूनीकरण गर्नको निमित्त नियममा परिमार्जन गरि नयाँ प्रावधान लागू गर्न लाइएको प्रवासी मजदुर युनियनका महासचिव मधुसूदन ओझाले बताए।
नयाँ आउने नियमानुसार कन्टेनरमा राखेमा जस्तोसुकै सेवा सुविधा सम्पन्न भएपनी साहुले बसोबासको शुल्क लिन नपाउने भएको छ । भने पक्की भवनमा भने शुल्क लिन पाउने भएको छ । पक्की भवनको शुल्कमा पनि पहिला जस्तो ३/४ जना एउटै कोठामा राखेर प्रत्येक बाट तलबको ८ प्रतिशत सम्म लिन नपाउने भएका छन । अब शुल्क लिदा त्यो क्षेत्रमा भाडामा लिदा चलिआएको कोठाको निर्धारित शुल्कमा साहुले आधा र कामदारले आधा मात्रै तिर्नुपर्नेछ ।
अर्को नियम भने इपिएस कामदारको रुपमा कोरिया भित्रिएपछि २/३ महिनामै काम छोडने बिदेशी कामदार बढदै गएपछी कम्तीमा पनि १ बर्ष आएको कम्पनिमा बस्नै पर्ने त्यसपछी आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने गरि नियम आउन लागेको ओझाले बताए । यसले गर्दा धेरै कामदारहरु आफुले चाहेको कम्पनिमा काम गर्न पाउनेछन। यो अहिलेको लागि राहत भएपनी हामीले आउने बित्तिकै आफुखुशी परिवर्तन गर्न पाउने गरि लागि परेको ओझाले बताएका छन ।
(साभारःhellokoreanepal.com)