न्यू भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो अधिवेशन जनावरी 8 मा हुने

कोरियाअपडेट

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया

“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेस्रो ऐतिहासिक अधिवेशन यहि जनावरी 8 तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा हुने भएको छ ।
दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिले सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरि आँउदो दुई वर्षका लागि नेतृत्व हस्तान्तरण गर्नकालागी तेस्रो अधिवेशन गर्न लागिएको संस्थाका सचिव जीवन शर्माले जानकारी दिए।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरुको समूह सन 2017 मा स्थापना भइ सामाजिक कार्यहरुमा लागि परिरहेको छ ।

तेस्रो अधिवेशनलाई भव्य रुपमा सफल बनाउन संस्थामा आवद्द सलाहकार, सम्पुर्ण सदस्यहरु साथै कोरियावासी सम्पुर्ण नेपाली दाजुभाई दिदिवहिनिहरुमा गरिमामय उपस्थितिको लागि संस्थाका वर्तमान कार्यवाहक संयोजक उत्तम लामिछनेले हार्दिक अनुरोध गरेका छन्।

Facebook Comments Box