मेघनाथ पौडेल
सऊल/दक्षिण कोरिया।
कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको सामाजिक संस्था सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आगामि जनवरी 21 तारिखमा सलनालको अवसर पारेर सेती महाकाली साँगीतिक सौगातको चौथो संस्करण सम्पन्न गर्ने भएको छ ।
कोरियामा मनाइने सलनाल अर्थात लुनार क्यालेन्डरको नयाँ वर्षका अवसरमा विभिन्न विधाका चर्चित अतिथि कलाकारहरू सहित कोरियाको राजधानी सिओलमा उक्त सेती महाकाली साँगीतिक सौगात भाग ~४ आयोजना गर्न लागिएको हो ।
नेपालका ख्याति प्राप्त कलाकारहरु प्रकाश सपुत, मेलिना राई, हास्य कलाकार सुमन कार्की, देउडा गायिका गौरी भट्ट, गायक टंक तिमल्सिना लगायतका कलाकारहरुको प्रस्तुति रहने उक्त सांगितिक सौगातको मुख्य उद्देश्य कोरियामा रहनु हुने नेपाली दर्शकलाई भरपूर मनोरञ्जन गराउने र कार्यक्रमबाट हुने बचत रकमबाट कोरियामा सेल्टर स्थापना गर्ने रहेको छ आयोजकले जनाएको छ ।
नेपालीहरूको बीचमा आपसी सद्भाव एवं एकता अभिवृद्धि गरी संस्थागत रुपमा नेपाली समुदायको हित र भलाइका लागि भन्दै स्थापना भएको सामाजिक संस्था सुदूरपश्चिम समाज, दक्षिण कोरियाले बिगतमा सांगितिक सौगातका तिन वटा सँस्करणहरु सम्पन्न गरिसकेको छ ।
मनोरन्जनका अलावा बिभिन्न सामाजिक उद्देश्य राखेर कार्यक्रमहरु गर्दै आएको उक्त समाजले यसपाली स्वास्थ्य उपचारमा रहेका अथवा कम्पनी परिवर्तन गरि बस्ने आवासको खोजिमा रहेका नेपालीहरुको सहजताका लागि सेल्टरको स्थापना गर्ने लक्ष राखेको समाजका अध्यक्ष सन्तोष सुवर्णकारले बताए ।
बिभिन्न सँघसंस्थाहरुको प्रतिनीधित्व रहने उक्त कार्यक्रम आगामी २१ जनवरी २०२३ को दिउँसो ११ बजे, छोङ्नो ओ गा मेट्रो लाइन नं १, गेट नं २ मा गर्ने तय गरिएको छ । सामाजिक उद्देश्यले आयोजित उक्त कार्यक्रमको प्रवेश शुल्क 30 हजार कोरियन वन राखिएको कार्यक्रम संयोजक यज्ञमान नायकले जानकारि दिए ।