कामदार दैनिक
सौल/ दक्षिण कोरिया
गैर_आवासीय_नेपालीसंघ_राष्ट्रियसमन्वय_परिषद (NRNA) ख्यङसाङनाम्दाे बुसान शाखा द.कोरियाले कोरियामा रहेका नेपालीहरुको साझा समस्या: नेपाली राजदुतावास संग सम्बन्धि समस्याहरु, श्रमिक कानुनी परामर्श तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ।
विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गर्दै आइरहेकाे NRN ख्यङसाङनाम्दो शाखाले आउदै गरेको कोरियान नयाँ वर्ष सलनालको दोश्रो दिन 2023.1.23 तारिखमा मनोरञ्जानात्मक कार्यक्रम “स्वास्थ्य र मनोरञ्जनका लागि खेल” भन्ने मुल नाराका साथ नेपालमा रहेको डा.महावीर पुनको”राष्ट्रिय_आविष्कार_केन्द्र (NATIONAL INNOVATION CENTER) लाई सहयोगार्थ पुल प्रतियोगिता आयोजना गर्ने भएको छ।
पुरस्कारहरु, प्रथम : १३ लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र ,दृतीय: ७ लाख वन , ट्रफी, मेडल र प्रमाणपत्र तृतीय : ३ लाख वन ट्रफी, मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई ६० हजार वन मेडल प्रमाणपत्र रहेको छ।
खेलाडी नाम दर्ता मिति : (2023.1.1~2023.1.22) र टिम दर्ता शुल्क ६०हजार वन मात्र रहेको र पैसा बैंक खाता नम्बर (3021220364491 NH bank ) Ghale shrestha kamla मा जम्मा गर्न सकिने आयोजकले बताएको छ। प्रतियोगिता लुम्बिनी रेष्टुरेन्ट किम्हे, बुसान मा हुने साथै थप जानकारीको लागि सम्पर्क नम्बरहरू :subodh bhandari 01098617553 , kamla ghale 01023756116, sajan thapa 01074741988, sanu raj mgr 01034654440, gokul poudel 01059480332, मा सम्पर्क गर्न सकिने छ।