कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
कम्प्युटरमा आधारित (युविटी) इपिएस कोरियन भाषा परिक्षा तयारी गरिरहेका विद्यार्थीलाइ मध्यनजर गरि कोरियाबाटै युविटी अनलाइन पोर्टल (इपिएसयुविटी डटकम) संचालनमा आएको छ ।
रोजगारीको आकर्षक केन्द्रविन्दु रहेको दक्षिण कोरिया जानका लागि अनिवार्य कोरियन भाषा परिक्षा उतिर्ण गर्नुपर्ने हुन्छ । हजारौ परिक्षार्थीसँग प्रतिस्पर्धा गर्नको निम्ती हरदम तयारी अवस्थामा रहनु पर्ने हुँदा, कोरियन भाषा सिकाइ र परिक्षा तयारीका लागि गुणस्तरिय स्रोत र साधनहरु छनौट गर्नु महत्वपूर्ण हुन्छ । कोरियन भाषा विद्यार्थीका यिनै कुराहरुलाइ ध्यानमा राखी इपिएस कोरियन भाषा परिक्षा (युविटी) ढाँचासँग हुबहु मिल्ने सरल, सुलभ, सस्तो र गुणस्तरिय अनलाइन पोर्टल संचालनमा ल्याएको इपिएसयुविटी डटकम का प्रबन्धक निर्देशक एन्टिक आशिषले बताउनु भयो ।
उक्त पोर्टल प्रयोगका लागि तोकिएको शुल्क एक पटक तिरिसकेपछि वर्षभरि असिमित परिक्षा प्रश्नपत्रहरु अभ्यास गर्न सकिनेछ । त्यससँगै अनलाइन पोर्टल भएकोहुदाँ देशभरिका प्रतिस्पर्धीसँग एकसाथ लाइभ परिक्षाको पनि तयारी गर्न सकिने जानकारी दिएका छन् । मोबाइल, ट्याब र कम्प्युटरबाट चलाउन सकिने उक्त पोर्टल इपिएस कोरियन भाषा परिक्षा (युविटी) ढाँचामा जस्तै अनुभव लिनका लागि ट्याबमा अभ्यास गर्न इपिएसयुविटी डटकम का प्रबन्धक निर्देशक एन्टिक आशिषले सुझाब दिएका छन् । उनका अनुसार यस पोर्टल विद्यार्थीहरुका लागि मात्र नभएर कोरियन भाषा केन्द्रहरुले पनि प्रयोग गर्न सक्नेछन् । भाषा केन्द्रहरुले प्रयोग इजाजत लिइ आफ्ना विद्यार्थीहरुलाइ आफ्नै परिक्षा प्रश्नपत्र अभ्यास गराउन पनि सक्नेछन् । त्यससँगै पोर्टल संचालनका लागि आवश्यक तालिम तथा सहयोग पनि गर्न सकिने बताउनु भयो ।
यस अनलाइन पोर्टल कोरियामा कार्यरत, अध्ययनरत नेपालीद्वारा कोरियन शिक्षक, शिक्षिकासँगको सल्लाह, सुझाब र सहकार्यमा निमार्ण गरिएको हो । साथै नयाँ वर्षको उपलक्ष्यमा दर्ता शुल्कमा विशेष छुट रहेको जानकारी संचालक टिमले जानकारी दिएको छ।