सलनाल मा बृहत ल्होछार संस्कृतिक कार्यक्रम २०२३ हुने

कोरियाअपडेट

बिक्रम बज्यू

दक्षिण कोरिया ।

नेपाल तामाङ्ग घेदुङ दक्षिन कोरिया केन्द्र द्वारा यही आउँदो कोरियन चाड सलनाल मा मन्जुश्री संवत १८५९ ह्योयी ल्हो सोनाम ल्होछारको अवसरमा दिर्घकालिन शौक्षिक कल्यानकारी कोष स्थापना सहयोगर्थ को लागी बृहत ल्होछार संस्कृतिक कार्यक्रम २०२३ गर्ने भएको छ।

तामाङहरुको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५८ ताक/च्यान ल्हो को विदाई र ह्योयी /तावर ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो।

तामाङहरुको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै दिर्घकालिन शौक्षिक कल्यानकारी कोष स्थापना सहयोगार्थ ल्होछारको अवसर पारि “वृहत साँस्कृतिक कार्यक्रम-२०२३” को तयारी गरिएको नेपाल घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि योञ्जन तमाङले बताए ।

वृहत साँस्कृतिक कार्यक्रम सफल बनाउन नेपाल घेदुङ दक्षिण कोरियाका महासचिव शुभराज बोम्जनको संयोजकत्वमा ५ सदस्या उपसमिति गठन गरिएको छ। कलाकार समन्व्य ब्यबस्थापनमा शुभराज बोम्जन ,आर्थिक संयोजकमा रबि योन्जन, प्रचार-प्रसारमा राम ब. तामाङ , हल ब्यबस्थापन तथा स्वयम सेवकमा बिबि स्याङ्तान, अतिथि सत्कारमा प्रीति लामा लाई जिम्मेवारी दिइएको छ ।

तामाङ गीत संगीतमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा चार्चित तामाङ सेलो म्हेन्दोमाया गायक तथा संकीतकार आरम्भ तामाङ्ग,सेलो गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ ,गायिका पूजा तामाङ , सुर्य रुम्बा ,ज्ञान लामा ,करप रुम्बा ,युनिक दोङ्ग ,मिलन दोङ ,छेडुप मोक्तान लगायतको बेजोड प्रस्तुति रहने प्रचार-प्रसार प्रमुख राम ब. तामाङले जानकारी दिए ।

महासचिव शुभराज बोम्जनले कामदार दैनिक मार्फत” मन्जुश्री सम्वत २८५९ ह्योयी /तावर ल्हो सोनाम ल्होछार कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा समेत गरेका छन्।

“सोनाम ल्होछार कार्यक्रम”
मितिः २०२३ जनवरी २१ शनिबार ।
समयः दिनको ३ बजे देखि राती १० बजे सम्म
स्थानः 종로파노라마뷔페
서울시 종로구 인사동 262번지 2층

नोटः- लाइन नं- १,जोङ्गाक् स्टेसन गेट नं. 7 बाट बाहिर निस्केर २/३ मिनेटमा हिडेर पुगिन्छ।

Facebook Comments Box