खातावालाहरूलाई राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

आर्थिक

काठमाडौं । राष्ट्र बैंकले ग्राहकको अनुमतिबिना दिइएको सेवामा बैंकहरूले शुल्क लिए सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था गरेको छ।

खातावालाहरूलाई पनि आफूले नमागेको यस्तो सुविधावापत बैंकहरूले शुल्क लिएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न भनिएको छ।

यसरी दर्ता गरिएको गुनासोमा सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन समेत भनिएको छ।