काठमाडौं । लाइन्स क्लव काठमाडौं आशिर्वादको आयोजना तथा लाइन्स क्लव काठमाडौं जानकी, लाइन्स क्लव काठमाडौं सउल सिटी, लाइन्स क्लव काठमाडौं रोयल सिटी तथा लाइन्स क्लव काठमाडौं आरम्भको सहभागितामा २०७९ माघ २७ गते खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिका वडा नं. ४ जलेश्वरीकोे डेम्लीटारस्थित त्रिभुवन जलेश्वरी प्रा.वि.विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी वितरण गरिएको छ ।
साथै त्यहाँका बालबालिकाहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले ती विद्यार्थीहरुलाई लक्ष्य गरी आगामी शैक्षिकसत्रमा विद्यालय पोशाक वितरण गर्ने वाचा गर्दै कार्यक्रम सम्पन्न भएको छ । दुर्गम गाउँमा रहेको उक्त विद्यालयको अवस्थाको बारेमा कसैको ध्यान जान नसकेको अवस्थामा गरिवीको रेखामुनी रहेका बालबालिकाहरुलाई झोला तथा कापी, कलमहरु वितरण गरेर लाइन्स क्लवले प्रशंसनीय कार्य गरेको छ ।
आगामी दिनमा हामी सबैको सहयोग र सहभागिताले यस्ता धेरै काम गर्न सकिने विश्वास पनि क्लवले लिएको छ ।




