दक्षिण कोरियाले विगतमा झै यसबर्ष(२०२३) पनि नेपालबाट विभिन्न कोटा छुट्याई कामदार आफ्नो देश भित्र्याउँदै छ। शुक्रबार गण्डकी प्रदेशको रुपन्देही स्थित जोगिकुटिमा अंकुर नेपालको आयोजना र एच आर डि कोरियाको प्रायोजनमा एपिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त आयोजित कार्यक्रममा कोरिया जाने नेपाली कामदारहरुको छनौट प्रक्रिया, संख्या, कोटा निर्धारण र यसबर्ष पनि ईपीएस मार्फत कोरिया जाने कामदारहरुको सहजता बारे चर्चा चलेको थियो।
कोरियाबाट फर्किएका र कोरिया सम्बन्धी काम गर्नेको बाक्लो उपस्थितिमा भएको उक्त कार्यक्रममा अङ्कुर नेपालका संस्थापक अध्यक्ष गम्बिर गुरुङ्गले नेपाली कामदार छनौट प्रक्रियालाई थप उदारता प्रकट गरिदिन अनुरोध गरेको र कोरियाले सहजता प्रदान गर्ने गरि काम गरिदिने आश्वाशन एच आर डि नेपालका प्रमुख पुष्प राज कटवालले मन्तब्य दिनुभएको थियो ।
एच आर डी कोरियाका प्रमुख सहभागी उक्त कार्यक्रममा २०२३ मा कोरियाले लैजाने कामदारको विवरण पेश गरिएको थियो। जसमा नेपाल बाट उत्पादन क्षेत्र र कृषि क्षेत्रमा कामदार लैजादै आएकोमा नेपालले सबैभन्दा धेरै कामदारको कोटा प्राप्त गरिरहेको छ भने यो पटक पनि नेपाललाई प्राथमिकतामा राखिएको छ तर बिगतका बर्षहरुमा जस्तो उत्पादन क्षेत्रमा धेरै र कृषिमा थोरै संख्यामा भने हुने छैन यो पटक त्यको ठिक बिपरित रहेको छ।
कोरियाले इपिएस प्रणाली अन्तर्गत १६ देशबाट कामदार भित्र्याउने गर्दछ। १६ देश मध्ये नेपाल प्राथमिकतामा पर्दै आएको तथ्य हो। भने कोरोना कालमा कोरियामा कामदारको अभाव भएसंगैको पहिलो इपिएस परिक्षामा उत्पादन समुहमा १५ हजारको संख्यामा भाषा उत्तिर्ण गरेर बसेकाहरुलाइ प्राथमिकतामा राखेर कोरियाले भित्राइरहेको छ। २०२२ मा उत्पादन क्षेत्रमा भाषा उत्तीर्ण गर्नेहरु धेरै रहेको हुँदा २०२३ मा नेपाललाई उत्पादन उत्पादन क्षेत्रमा थोरै कोटा प्राप्त भएको छ।
२०२३ मा कोरियाले नेपालबाट कृषिमा १० हजार ७ सय ५८ जना भित्र्याउने लक्ष्य राखेको छ। यो संख्या २०२१ देखि पास भएर बसेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर २०२१ ,२०२२ र २०२३ मा पास हुनेहरु मध्यबाट भित्र्याउने संख्या हो भने उत्पादन समूह तर्फ २०२३ मा सिप परिक्षण , भाषा परिक्षा लगायतका परिक्षण बाट योग्य २ हजार ७ सय ९१ जना छुट्टाइने छ । २०२३ मा उत्पादन क्षेत्र तर्फको भाषा परिक्षा अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। भाषा परिक्षा सिप परिक्षण शारीरिक अवस्था कलर भिजन को परिक्षा पछाडी मात्रै अन्तिम रिजल्ट प्रकाशित गर्ने गरि कार्य थालेको एच आर डि ले जनाएको छ।
कोरिया बसेर फर्किएका को हकमा सिबिटि परिक्षापनि हुने भएको छ। जसको परिक्षा फर्म यहि मे महिनामा खुल्ला हुने र जुनदेखि परिक्षा संचालन हुने भएको छ। सिबिटी परिक्षा मार्फत कोरियाले २०२३ मा १६ देशबाट २० हजार कामदार भित्र्याउने लक्ष्य राखेको छ।
एच आरडी कोरियाको प्रायोजनमा एच आरडीकोरियाका नेपाल प्रमुख पुष्प राज कटवाल उपस्थित कार्यक्रममा राखिएको सुचना भएकोले आधिकारिक रुपमा स्वीकार्नुपर्ने हुन्छ भने केहि संख्या तल माथि हुन पनि सक्ने कार्यक्रममा सहभागी एन सी सी कोरियाकी पुर्व अध्यक्ष अन्जु केसीले संचारकर्मीहरुलाई बताउनुभयो।