कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
हिन्दुहरुको अर्को महान पर्व फागु पूर्णिमा अर्थात होली दक्षिण कोरिया भब्य रूपमा मनाइएको छ। दक्षिण कोरियामा रहेका नेपालीहरुको समाज पाँच स दक्षिण कोरिया र अन्य विभिन्न १९ संघसंस्थाहरुको संयुक्त आयोजनामा ‘होली महोत्सव २०७९’ को आयोजना गरिएको हो।
हिजो(आइतबार) कोरियाको मुटु हान नदिको किनाराको पार्कमा ‘होली महोत्सव २०८९’ त्यहाँ रहेका नेपालीहरुले उल्लासका साथ मनाएका छन्। महोत्सवमा होली कार्यक्रमका साथै विविध साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत पेश गरिएको थियो।
‘पाँच स दक्षिण कोरिया’ र अन्य १९ संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम भव्य,सभ्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिकोका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल भण्डारी रहेकी थिइन्।
आयोज संस्था ‘पाँच स दक्षिण कोरिया’ का वरिष्ठ उपाध्यक्ष गुरुदत्त न्यौपानेले कार्यक्रममा सहयोग गर्ने स्पोन्सर, स्वयमसेवक लगायत प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रममा सहयोग गर्नेहरु प्रति धन्यवाद तथा होली पर्वको शुभकामना व्यक्त समेत गरेका छन्।
‘परदेश, त्यो पनि खुल्ला पार्कमा कार्यक्रम गर्नु हरेक तवरले हामीलाई चुनौती थियो,कार्यक्रम व्यवस्थापन गर्ने क्रममा केही त्रुटीहरु पक्कै भए होलान त्यसलाई क्षमा चाहँदै आगामी दिनहरुमा थप व्यवस्थित ढङ्गले गर्ने वाचा गर्दछौ,’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने, ‘होली महोत्सव सफल पार्न टाढा टाढा बाट उपस्थित हुनुहुने सम्पुर्णमा धेरै धेरै धन्यबाद व्यक्त गर्दछु।साथै समग्र पाँच स दक्षिण कोरिया तपाईहरुलाई धन्यबाद व्यक्त गर्दछ।’