चीनका प्रधानमन्त्रीद्वारा उच्च गुणस्तरीय विकासको प्रयासमा जोड

अन्तराष्ट्रिय

चीनका प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरीय विकासका लागि जोड दिनुभएको छ ।
राज्य परिषद्को अध्ययन सत्रको अध्यक्षता गर्दै उहाँले कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका निर्णय र योजनाहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र उच्च गुणस्तरको विकासमा निरन्तर प्रगति गर्न उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने क्षमतामा सुधार ल्याउने प्रयास गरिनुपर्ने बताउनु भएको छ ।
उक्त बैठकमा लीले नयाँ विकास दर्शनलाई पूर्णरूपले इमान्दारीपूर्वक सबै मोर्चामा लागू गर्ने र उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान दिनु सी चिनफिङको आर्थिक विचारको महत्त्वपूर्ण भाग भएको बताउनुभयो।
उहाँले उच्च गुणस्तरको विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता लगायतका विषयमा विशेष जोड दिनु भएको छ ।
नयाँ विकास दर्शनलाई आर्थिक र सामाजिक विकासका सबै चरणहरूमा लागू गर्न पहल गर्नुपर्ने पनि उहाँको धारणा छ।
गुणस्तरलाई प्राथमिकतामा राखेर कार्यकुशलतालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सुधार र खुलापनलाई दृढताका साथ विकासको ढाँचामा रुपान्तरण गर्ने र जनताको जीवनस्तरलाई विभिन्न प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ ।