राम ब.तामाङ ,
दक्षिण कोरिया-
बुसान,किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाले यहि मे १४ मा नेपाली सुपरहिट चलचित्र ‘जारी’को विशेष प्रदर्शनी गर्ने भएको छ ।चलचित्र दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको किमे शहरको “ईन्जे थेहाक्यो” मा विशेष प्रदर्शनी गर्न लागेको किरात याक्थुङ चुम्लुङ बुशान शाखा दक्षिण कोरियाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताउनु भयो ।
किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाद्धारा संचालित ‘सेल्टर आवास गृह सहयोगार्थ’ Sewaro Entrainment द्धारा प्रदर्शन हुन गईरहेको नेपाली सुपरहिट चलचित्र तथा लिम्बु समुदायको संस्कार,संस्कृति र रतिरिवाज सम्बन्धी ‘जारी’ विशेष प्रदर्शन गर्न लागेको र तिव्र तयारी गरिरहेको अध्यक्ष कन्दङ्वाले भन्नु भयो। ।विगत लामो समय देखि संचालनमा आईरहेको दक्षिण कोरियाको किमे शहरमा अवस्थित आवास गृह बाट काम छोडेर वा विभिन्न समस्यामा परेका नेपाली दाजु भाईहरुले सेवा सुविधाहरु लिईरहेको जानकारी गराए भने याक्थुङ बुसान शाखाले विभिन्न मनोरञ्जन साथै सामाजिक कार्यमा हातोमालो गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
केही समय देखि नेपालमा राम्रो व्यापार गरिरहेको चलचित्र जारीका लागि चुम्लुङले अनलाईन बुकिङ बाट अग्रिम बुकिङ गर्न सकिने छ, भने टिकट मुल्य २५००० कोरियन वन शुल्क निर्धारण गरेको छ ।उक्त चलचित्र दक्षिण कोरियाको सैल,किम्पो र ओन्याङमा भव्य रुपमा प्रदर्शनी भईसकेको छ दक्षिण कोरियाको मुख्य शहरहरु नोक्सान,मुगुक,जेजुदो लगायत अन्य क्षेत्रमा प्रदर्शनी हुन बाँकी रहेको जानकारी गराए।
‘जारी’ चलचित्र राम बाबु गुरुङको निर्माण तथा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशकमा बनेको हो ।मुख्य भुमिकामा दायाहाङ राई र मेरुना मगरलाई देख्न सकिने छ ।
साथै यस क्षेत्रमा रहेका विभिन्न संघ संस्था लगायत नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा गरिमामय उपस्थितिको लागि किरात चुम्लुङ बुसानका अध्यक्ष सन्जोग कन्दङ्वाले हार्दिक अनुरोध पनि गरिएको छ।