कमला केसी , कामदार दैनिक
दक्षिण कोरिया
जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले यहीँ आउँदो मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा शुभकामना एबं एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरिया स्थित संघ संस्था समाजसेवि, संचारकर्मि व्यवसायी, बिद्यार्थी एबं सम्पुर्ण श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिसकेको र छुट्नु भएको छ भनेपनि यसै जनआवाज मार्फत उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु।
लामो समय दक्षिण कोरियामा आफ्नो व्यवसाय गर्दै आउनुभएका गुरुङले दक्षिण कोरियामा नेपालीलाई पर्ने गाह्रो अफ्ट्यारोमा सहजीकरण गर्दै आईरहनु भएको छ । आगामी दिनमा केहि नयाँ योजना र प्रतिबद्धता सहित आएको हुनाले सम्पुर्णलाई उपस्थित भएर हौसला बढाईदिन अनुरोध समेत गर्नुभएको छ ।
तपशिलः
_____
मिति: २० मे २०२३, शनिबार
समय: बेलुकी ७ बजे
स्थान-निक ट्राभल एण्ड रेष्टुरेण्ट(सभा हल), दोङदेमुन
असमर्थताको लागिः ०१०-४२२७-९५५५, ०१०-५८४९-२२५७
प्रार्थी,
व्यवस्थापन तथा प्रचार प्रसार समिति २०२३