नेपाली खेलाडीलाई स्वदेशी भूमिमै सहज रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव गराउने हाम्रो लक्ष्य हो : गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर)

खेलकुद विचार/अन्तर्वार्ता
गजेन्द्रबहादुर खपाँगी ‘ईश्वर’

यही जेठ १३ गते देखि काठमाडौको लैनचौर टिटी कभर्डहलमा नवौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना हुदैछ । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २४ ओै बार्षिक उत्सव तथा गणतन्त्र दिबशको अवशरमा आयोजना गर्न गईरहेको यस प्रतियोगिता बारे कार्यक्रम संयोजक तथा नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपॉगी ‘ईश्वर’ सँग हाम्रा संबादाताले तयार पारेका यो कुराकानी ।

यही जेठ १३ देखि नवौ सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ कस्तो छ तयारी ?

– सम्भवत हामी यो प्रतियोगिताको अन्तिम तयारी अर्थात, प्राय: सबै तयारी गरिसकेका छौं । हाम्रा देशका खेलाडीहरुको तौल लिने यही जेठ ८ गते सोमवार देखि शुरु हुने भएको छ भने यो दुईदिन सम्म चल्नेछ । खेलाडीहरुको देशैभर बाट उल्लेख्य रुपमा सहभागी हुने भएको छ । बिदेशबाट आउने टिमहरु,भारत ,श्रीलंका,बंगलादेश, खेलाडीहरुको ईन्ट्री नामावली आईसकेकाछन भने,केही आउने क्रम जारी छ बाँकी भुटान र केही भारतका खेलाडीहरु र अफिशियलहरु
को अन्तिम नामावली ईन्ट्री गर्ने ११ गते गते बिहान सम्म आउदैछन भने अब हामी कार्यक्रमलाई कसरी सफल,सभ्य र भब्य रुपमा अनुशासित तवरले सफल बनाउने भन्ने मुल बिषयमा लागिपरेका छौं ।

तपाईको संयोजकत्वमा करिव साढे २ दर्जन कार्यक्रम सम्पन्न भईसकेकाछन,यो कार्यक्रममा चाहीं नौलो कुरा केही छ,कि ?

– अन्तराष्ट्रिय कराते प्रतियोगिता हो,यस अर्थमा पनि यो अलि फरक छ,यसो भन्दैमा पुरै नौलो र फरक भन्ने हुदैन तर नेपालका अन्य कराते संघ र क्लवहरुले आयोजना गर्ने प्रतियोगिता भन्दा चाही केही फरक छ । यस अर्थमा फरक छ हामीले यस पटक सहभागिता जनाउने राष्ट्रको संख्या बढ़ाएका छौं । प्रतियोगिता अनुशासित,धाँधली रहित,मर्यादित र ब्यबस्थित बनाउदै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई ,पदक ,प्रमाण-पत्र सहित नगद पुरस्कारको पनि ब्यबस्था गरेको छौं,जसले गर्दा खेलाडीहरुमा नौलो जोस,जाँगर सहित हर्षको आयाम थपिने कुरामा बिश्वस्त छौं।

तपाईको अध्यक्ष तथा सयोजकत्वमा यस्ता प्रतियोगिताहरुको धेरै आयोजना गरिसक्नुभएको छ ,तपाईको भावी योजना र लक्ष्य चाही के हो ?

-मैले मेरो खेलकुद जीवनमा करिव साढे तीन दशक समयमा करिव तीन दर्जन प्रतियोगिताको आयोजना र संयोजन गरिसकेको छु । मेरो योजना भनेको लाखौं रुपैयाँ खर्च गरेर बिदेश जान नसक्ने जेहेन्दार,गरिव र प्रतिभावान खेलाडीहरुको प्रतिभाको प्रस्फुटन र उनिहरुको अन्तराष्ट्रीय प्रतियोगिता खेल्ने ईच्छा र चाहनालाई सहज र सरल रुपमा अवशर प्रदान गर्दै आफ्नै स्वदेशी भुमीमा उनिहरुको त्यो ईच्छा पुर्ती गर्नु हो र सबैका लागि समान खेलकुद भन्ने मुल नारालाई स्थापित गर्नु हो । साथै आगामी दिनमा हाम्रो शाखा डोजो नक्सालको आयोजनामा सगरमाथा साफ च्याम्पियनसिप कराते प्रतियोगिताको बृहत आयोजना गर्ने लक्ष्य र उदेश्य हो ।

तपाईले भने जस्तै एउटा डोजोले साफ प्रतियोगिताको आयोजना गर्ने सम्भव छ त ?

– एकदम सम्भव छ । तर सही भिजन र मिसन बोकेर आउने खेलकुदका उच्च ओहोदामा बस्नेहरु हुनुपर्छ र उहाँहरुले हाम्रो विगत देखि बर्तमान सम्मको कार्यक्षमता,लगाव र योगदानलाई मूल्यांकन गरि पहिचान गर्न सक्नुपर्छ । साथै हामीले गरिरहेको कार्यलाई होईमा होस्टे गरिदियो भने त्यो त्यती टाढाको बस्तु हो जस्तो मलाई लाग्दैन । सम्भवत:राज्यको खेलकुद क्षेत्रको नेतृत्वले यो कुरा बुझ्नुभएको छ भन्ने मलाई बिश्वास छ ।

प्रसंग बदलौ यस पटक तपाईले गर्ने कार्यक्रमको सेड्युल कसरी बनाउनु भएको छ ?

– सबैभन्दा पहिला हाम्रो यो प्रतियोगीताको शुभारम्भ जेठ १३ गते सबै सहभागी अन्तराष्ट्रिय टिमलाई स्वागत र अन्तिम रजिस्ट्रेशन गर्नेछौ । त्यसपछि कार्यक्रमको उद्घघाटन जेठ १४ गते आईतवार संगै प्रतियोगिता संचालन गर्दैछौ भने,जेठ १५ गते सोमवार प्रतियोगिता निरन्तर पछि बेलुकी बिजेता खेलाडीहरुलाई पुरस्कार बितरण पछि कार्यक्रम समापन गर्नेछौ र जेठ १६ गते सहभागी सबै अन्तराष्ट्रिय पाहुना टोलीलाई बिदाई गर्नेछौ ।

भने पछि कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना हुन्छ ,होईन त ?

-अबश्य हुन्छ,किन भन्दा हरेक दृष्टिकोणबाट हेर्ने हो,भने हामीले बिगतमा पनि करिव ३ दर्जन कार्यक्रम गर्दै गर्दा ब्यवस्थित गरी सम्पन्न गरिसकेका छौ । यो पटक पनि बिगतमा भन्दा अझ भव्य,सभ्य,मर्यादित र अनुशासित तवरले सम्पन्न गर्ने कुरामा हामी आयोजक कमिटी लागिरहेका छौ र सबैमा यो प्रतियोगिता फरक अनुभव संगाल्ने माध्यम हुनेछ भन्ने बिश्वास छ,साथै सबैमाझ प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।

र अन्त्यमा मैले सोध्न बिर्सिएको र तपाईले भन्न भुल्नुभएको केही छ,कि ?

– सम्भवत: सबै कुरा यिनै हुन, फेरी पनि जॉदा जादै मँ एउटा कुरा सबैमा के अनुरोध गर्न चाहन्छु भने यो प्रतियोगिता हामी सबैको प्रतियोगिता हो । यो कार्यक्रम पनि बिगतका हाम्रा कार्यक्रमहरु जस्तै सफल पार्न सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । बिशेषत: पत्रकार मित्रहरुलाई यो प्रतियोगिताको समाचार संकलन गरी प्रचार-प्रसार गरी बिगतका कार्यक्रम जस्तै सफल पारिदिनु हुन अनुरोध गर्न चाहन्छु । साथै सबै खेलकर्मी / खेलप्रेमी महानुभावहरुलाई कार्यक्रमको अवलोकन गर्न आफ्नो अमूल्य उपस्थिति जनाईदिनहुन हार्दिक निमन्त्रणा सहित सम्पुर्ण खेलाडीहरुमा सहभागीका निम्ति अनुरोध गर्न चाहन्छु ।
– धन्यबाद

Facebook Comments Box