कामदार दैनिक
सौल/दक्षिण कोरिया ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी निर्वाचनमा तेन्जिङ लामाले उपाध्यक्ष पदमा बुद्धी गुरुङ्को प्यानल बाट उम्मेदवारी घोषाना गरेका छन्। आउँदो जुलाई महिनामा हुने निर्वाचनमा लामाले ‘न कुनै जात न कुनै बाद यसपाली NRNA मा स्वतन्त्र लाई साथ’ तपाई हाम्रो साझा एनआरएनए सक्षम एनआरएनए भन्ने नाराका साथ उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) को स्थापनाको लागि संघर्ष देखि प्रबासी मजदुरहरुको समस्या समधानको लागी उनले ब्यक्तिगत तर्फबाट सकेको सरसहयोग गर्दै आएका छन् भने महाबिनास्कारी भुकम्पको बेला होस या अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा गैर आबासिय नेपाली समाज (एनआरएन) मा पनि बिगत लामो समय देखि आबद्ध रहि आएका छन्।
उनले यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन्।