टिम नाम्जी’ बन्यो उल्सान कप च्याम्पियन

कोरियाअपडेट खेलकुद

रबि पराजुली

सौल/ दक्षिण कोरिया ।

उल्सान फुटबल क्लब र हिमालयन फुटबल क्लबको संयुक्त आयोजनामा भएको प्रथम उल्सान कप फुटबल प्रतियोगिता सफलताका साथ ब्रो तमु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । फिलिप गुरुङ खेल संयोजक रहेको उक्त प्रतियोगिता अत्यन्त ब्यबस्थित र सौहार्दपूर्ण वातावरणमा सन्चालन भएको हो।

उल्सान फुटवल मैदानमा सम्पन्न फाइनल खेल नाम्जी फुटवल क्लव र गुन्सान फुटवल क्लव बिच भएको थियो । उक्त खेलमा नाम्जी फुटवल क्लबको तर्फबाट रमेश गुरूङ र सम्तोषा शर्माको १–१ गोलको मद्दतले गुन्सान फुटबल क्लबलाइ दुइ गोलले पछि पार्दै उपाधी कब्जा गर्न सफल भएको छ । गुन्सान फुटवल क्लबले भने खेलमा कुनैपनि गोल गर्न सकेन ।

एक्काइस टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम र द्वतीयलाइ क्रमश तीस लाख र बीस लाख कोरियन वनका साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । सर्वोत्कृष्ट खेलाडी नाम्जी फुटबल क्लवका खेम थापामगर, उत्कृष्ट गोलरक्षक गुन्सान फुटबल क्लवका सरन खड्का, सर्वाधिक गोलकर्ता मोक्पो फुटवल क्लबका अबिनास कार्की, बेष्ट डिफेन्डर नाम्जी फुटवल क्लबका हरि हरेन्द्र थापा घोषित भएका थिए । व्यक्तिगत बिधा तर्फ उत्कृष्ट घोषित यी खेलाडीहरूले प्रोत्साहन पुरस्कार स्वरूप जनहि १–१ लाख प्राप्त गरे ।

यस प्रतियोगीताका बिजेता तथा उपबिजेता हार्दिक बधाइ तथा सम्पूर्ण टिमका मेनेजर, क्याप्टेन तथा सम्पूर्ण खेलाडि र प्रतियोगीतालाइ प्रत्यक्ष परोक्षरूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाइ आयोजकको तर्फबाट धन्यवाद समेत ज्ञापन गरेको छ ।

Facebook Comments Box