अर्थमन्त्री महतलाई शिक्षक महासङ्घको ध्यानाकर्षण

आर्थिक प्रशासन समाचार

अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज भेटवार्ता गरी शैक्षिक सवाल र पेसागत हकहितका विषयमा ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको सो भेटमा महासङ्घले आफूहरुका माग र विगतमा भएको सहमतिका आधारमा सङ्घीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्ने लगायतका मागबारे स्मरण गराएका छन् ।

सो अवसरमा मन्त्री डा महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने विश्वास दिनुभएको भेटमा सहभागी महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा महासङ्घका घटक संस्थाका अध्यक्ष र पदाधिकारीको पनि सहभागिता रहेको थियो ।

Facebook Comments Box