आगामि चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म १ महिनासम्म बराहक्षेत्र चतराधाममा संचालन हुने अर्ध कुम्भमेलाको तयारी अन्तिम चरणमा पुगेको कुम्भ मेला आयोजक समितिले जनाएको छ । रिपोर्टर्स क्लबमा कुम्भ मेला आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका प्रथम जगद्गुरु एवं पिण्डेश्वर कुम्भमेलाका अन्वेषक श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले मेलाको अवसरमा पबित्र कौशिकी गंगामा हुने विशेष कुम्भ स्नानमा सहभागी भै कुम्भ स्नान गर्न सम्पुर्ण भक्तजनहरुमा अनुरोध गर्नुभएको छ ।
समुन्द्र मन्थनपछि प्राप्त अमृत पिण्डबाट निर्मित पिण्डेश्वर महादेवको स्थापना गरि स्वयं भगवान बिष्णुले नेपालको चतराधाम स्थित कोशी किनारमा शुरु गर्नुभएको कुम्भ मेला समयान्तरमा लुप्त हुन पुगेपछि शास्त्रीय प्रमाणको आधारमा नेपालका प्रथम जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजले २०५९ साल देखी पुनः शुरु गर्नु भएको हो ।
२०५९ सालमा प्रथम पटक सन्चालन भएको कुम्भ मेलामै करिब २० लाख श्रद्धालुले कुम्भ स्नान गरेपछि क्रमशः अर्ध कुम्भ मेलामा २०६३/६४ र दोश्रो पुर्ण महाकुम्भ मेला २०७०/७१ सम्म आइपुग्दा एक महिनाको मेला अवधिमा करिब डेढ करोड धार्मिक पर्यटकको आवगमन भएको कुरा तत्कालीन १२ बर्से पुर्ण कुम्भ मेला सन्चालनार्थ नेपाल सरकारकाबाट तोकिएका केन्द्रिय पदाधिकारी तथा तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिब कृष्णहरि बस्कोटाद्वारा लिखित कुम्भ स्मारिकामा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलन मा जगद्गुरुले भन्नुभयो ः नेपाल आमाको अस्टधातुको ७५ फुट अग्लो मुर्ति निर्माणमा नेपालका ७७ जिल्लाका जनतालाई सहभागी बनाउने उद्देश्यले आफुले ३ बर्ष लगाएर नेपालको पैदल भ्रमण सम्पन्न गर्दा ७७ जिल्ला कै नेपालीलाई कुम्भको निमन्त्रणा पुगिसकेको र यसपटक पुनः ७ वटै प्रदेशको मुख्य मन्त्रीहरुलाई निमन्त्रणामा दिइसकेको हुनाले पनि यस पटकको कुम्भ मेलामा ७७ वटै जिल्लाका जनता र प्रदेश प्रमुख समेत कुम्भ स्नानमा आउने छ ।
नेपालका राष्ट्रपति प्रधानमन्त्री देखि लिएर सम्पूर्ण सामान्य श्रद्धालु मात्र नभई बिदेशबाट समेत सहभागिता रहेको कुम्भमेलाले आन्तरिक र बाह्य पर्यटनको प्रबर्द्धनमा ठूलो महत्व राख्छ ।
Facebook Comments Box