सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
“सुर्योदय र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागेको ”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरु लगायत मिडियाकर्मी हरुको बाक्लो उपस्थिति रहेको थियो। सेप्टेम्बर ३० तारिख ११ बजे वाट साझ ७ बजे सम्म हुने इलाम चियाबारी सांगितिक धमाका २०२३ मा नेपालको चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायत पदम राइ,दिपा सुहाङ्ग लक्ष्मन चोङबाङ लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरुले पनि भरपुर मनोरन्जन दिने छन्। उक्त कार्यक्रमको सन्चालन भने रेश्मा राइले गर्ने छिन्।100주년 기념관 अर्थात् 서울시 종로구 대학로 3 길 29 मा हुने कार्यक्रममा जान ट्रेन लाइन १ 종로5 가역 गेट न २ बाट निस्केर ५ मिनेट हिँडेर पुग्न सकिने छ भने दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम स्थान सम्म पुग्न बसको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ। इलाम चियाबारी सांगितिक धमाका २०२३ को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिक पूर्वाञ्चल सरोकार समाज अन्तर्गत इलामेली समाजले कार्यक्रम गर्ने प्रस्ताव इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष टिका थेगिम ले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।
सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा नैतिक भौतिक र आर्थिक रुपमा सहयोग गरि कार्यक्रम लाइ सफल पार्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ।
थप जानकारीको लागि निम्न फोन नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।01084677148,
01062918804,
01048989060,
01097287126