महेन्द्रनगर (धनुषा) ८ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा शेखर कोइरालाले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति र समृद्धिको जनचाहना पूरा गर्न धेरै समय नलाग्ने बताउनुभएको छ ।
आज जनकपुरधाममा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्नुहँुदै उहाँले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वाभाविक भएको बताउनुभयो ।
कार्यपालिका तथा व्यवस्थापिकाले गलत ग¥यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वाभाविक भएको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले मुलुकमा शान्ति र समृद्धिको यात्रा नेपाली कांग्रेसले नै गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा सुधार पनि कांग्रेसले नै गर्ने बताउनुभयो ।
संस्थाको केन्द्रीय अधिवेशनमा ५७ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरेर करिब दुई सय जनाको सहभागिता रहेको र अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, सङ्घीय सांसद रामकृष्ण यादव, धनुषा कांग्रेस सभापति योगेन्द्र पञ्जियारलगायतका उपस्थिति थियो ।