समाजवादी नेता जर्ज फर्नान्डिजको निधन

कोरियाअपडेट समाचार


भारतका प्रख्यात समाजवादी नेता जर्ज फर्नान्डिजको निधन भएको छ । ‘जर्ज द जाइन्ट किलर’ उपनामले चर्चित फर्नान्डिजलाई फ्लुले ग्रस्त बनाएको थियो । अस्पतालले उनको स्वास्थ्यमा सुधार हुँदै गरेको सूचना हिजो सोमबार जारी गरे पनि मंगलबार बिहान ६ बजे निधन भएको थियो । फर्नाडिन्ज ८८ बर्षका थिए ।

जर्ज नेपालको घनिष्ट मित्र हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापनाको आन्दोलनमा बीपी कोईरालालाई उहाँले महत्वपूर्ण सहयोग गर्नु भएको थियो । प्रवासमा रहदाँ बीपीको जीवन रक्षाका लागि अमेरिका जान भारतीय ट्राभेल डकुमेन्ट उपलब्ध गराउनु, नेपाली प्रजातन्त्रका लागि भारतीय संसदमा लबिंग गर्नु, नेपाल सोलिडारिटी समूह गठन गर्नु, नेपाली काँग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको सदस्यता दिलाउनु, शसत्र कारबाहीको गतिबिधी गरिरहदाँ नेपाली काँग्रेसलाई इजरायलबाट हतियार उपलब्ध गराउनु जस्तो महत्वपूर्ण कार्यले नेपालको प्रजातन्त्र उहाँको ऋणी छ ।

जय प्रकाश नारायण, राममनोहर लोहिया, चन्द्र शेखर, मधु दण्डवते, मधु लिमये, श्रीपद अमृत डांगे, नम्बुदिरी पाद, किसन पटनायक जस्ता मुर्धन्य भारतीय राजनेताहरूका सहकर्मी रहेका जर्ज फर्णांडिस नेपालका अतिरिक्त तिब्बती जनताका मानव अधिकारका पनि प्रखर वकालत गर्नु हुन्थ्यो ।