धनगढी, ३० चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्राज्ञिक क्षेत्रलाई आफूखुशी नियन्त्रणमा राखेर हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापकको आज यहाँ भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेका सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीलाई अहिलेको सरकारले विनाकारण हटाएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “सरकारी हस्तक्षेपका विरुद्ध प्राध्यापकले गर्ने गतिविधिमा पार्टीले सहयोग गर्नेछ ।” सो अवसरमा विभिन्न व्यक्तिलाई सभापति देउवाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । क्षेत्रीय भेलाले प्राध्यापकको नयाँ क्षेत्रीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।
Facebook Comments Box